२०८३ साउन १२ मंगलबार

१ अर्ब २५ करोड रुपैयाँको लगानीमा ‘टेम्पल बेल बुटिक’ होटल एण्ड स्पा सञ्चालनमा

ई आर्थिक    बुधबार, चैत्र २७ २०८१
6.7K
Shares
१ अर्ब २५ करोड रुपैयाँको लगानीमा ‘टेम्पल बेल बुटिक’ होटल एण्ड स्पा सञ्चालनमा

ई-आर्थिक, पोखरा । पर्यटन राजधानी पोखराको लेकसाइडमा १ अर्ब २५ करोड रुपैयाँको लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ।

पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो।

नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए।

पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे।

होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ। पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ।

आधुनिक डिजाइनमा निर्माण भएको होटलमा अण्डर ग्राउण्डसहित प्रयाप्त पार्किङ, कार्यक्रम गर्नका लागि सेमिनार तथा मिटिङ हलको सुविधा उपलब्ध छ।

करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुई वटा इन्टरकनेक्टेड ब्लकहरू, ५५ वटा रुमका साथै स्वीमिङ पुल, स्पा, सम्मेलन हल, बार, रेस्टुरेण्टलगायतका सुविधा छन्। ग्रुपले अहिले एक सय ५० जनालाई रोजगारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij