२०८३ साउन १२ मंगलबार

मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाईने

ई आर्थिक    सोमबार, चैत्र २५ २०८१
7.5K
Shares
मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाईने

ई–आर्थिक, काठमाडौं । भौतिक पूर्वाधार तथा पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाईने बताएका छन्।

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलमा उनले नियम विपरीत सञ्चालन भई रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन्।

यसैगरि निर्माण स्थलहरुमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाईभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिईने उनले बताए। काठमाडौं र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तिव्रता दिईएको भन्दै उनले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाईएको उल्लेख गरे।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्ववस्थित बनाउन गृहमन्त्रालय, ट्राफिक प्रहरी लगायतका निकाय तथा संघीय सरकारहरुसँग थप समन्वय गरिने बताए। दाउन्ने सडक खण्डमा भई रहेको निर्माण कार्यका कारण सवारी साधन तथा यात्रुहरुलाई परेको समस्या प्रति मन्त्रालय गम्भिर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाईएको बताए। सो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा यातायात व्यवसायी महासंघका अध्यक्ष बिजय स्वाँर, बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर संगठनका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेल, उपमहानिर्देशकहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij