ई-आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को नेपालपे कार्डमार्फत पीओएस (Point of Sale) कारोबार सफलतापूर्वक सञ्चालन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
नेपालकै पहिलो स्वदेशी कार्ड स्किमको रूपमा परिचित नेपालपे डोमेस्टिक स्किम अन्तर्गत माछापुच्छ्रे बैंक पहिलो सदस्य बैंकका रूपमा पीओएस कारोबार सम्पन्न गर्न सफल भएको हो।
यस सम्झौतामा माछापुच्छ्रे बैंकका डेपुटी सीईओ प्रसिद्ध अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका थिए।
सो ऐतिहासिक अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले माछापुच्छ्रे बैंकको पीओएस प्रणालीमार्फत नेपालपे कार्ड प्रयोग गरी उद्घाटन कारोबार गरेका हुन् ।
यस उपलब्धिले नेपालको डिजिटल भुक्तानी प्रणालीमा नयाँ युगको सुरुवात गर्दै माछापुच्छ्रे बैंकको नवप्रवर्तनशील सोच र ग्राहक सुविधाप्रति प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।