२०८३ साउन १० आइतबार

राजाबादी प्रदर्शनमा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने महानगरको निर्णय

ई आर्थिक    शनिबार, चैत्र १६ २०८१
4.9K
Shares
राजाबादी प्रदर्शनमा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने महानगरको निर्णय

ई–आर्थिक, काठमाडौं । हिजो शुक्रबार भएको राजाबादीको प्रदर्शनमा काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न ८ शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको छ । राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो।

शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

कुन शीर्षकमा कति जरिवाना ?

-कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

-महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

-तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

-जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

-बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

-सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

-दमकल तोडफोड– रु १ लाख ३० हजार

-तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड– रु ६३ हजार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij