२०८३ असोज ३ शनिबार

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानका विजेता घोषित

ई आर्थिक    मंगलबार, चैत्र १२ २०८१
7.1K
Shares
कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानका विजेता घोषित

ई-आर्थिक, काठमाडौं । कुमारी बैंकका ग्राहकमध्ये गोकुल थापाले भिसाले सञ्चालन गरेको ‘दशैँ क्याम्पेन २०२४’ अन्तर्गत पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन्।  कुमारी बैंककै कार्ड प्रयोगकर्ता तर्फ क्षितिज भट्टराई पनि विजेता भएका छन्।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो। विजेताहरुले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन्।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ।

बैंकले देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij