२०८३ साउन ११ सोमबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ को देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

ई आर्थिक    सोमबार, चैत्र ११ २०८१
2.6K
Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा  ‘ग्लोबल मनी विक २०२५’ को देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

ई-आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी विक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

‘ग्लोबल मनी विक २०२५’ लाई सफल बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत ०४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

जस अन्तर्गत कोशी प्रदेशमा १२, मधेश प्रदेशमा १२, बागमती प्रदेशका १६, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा १० गरी बैंकका जम्मा ८३ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए । ‘ग्लोबल मनी वीक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेसीमा वित्तीय साक्षरता सम्बन्धी र्‍याली समेत गरेको बैंकले बतायो ।

वित्तीय साक्षरता कार्यक्रममा बैंकले बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाईल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पार्सवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरु आदि विषयमा विद्यार्थीहरुलाई ज्ञान प्रदान गरेको बैंकले जानकारी दियो ।

बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक “डिजिटल बैंकिङको जादु” र साइबर सुरक्षा अन्र्तगत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीहरुलाई वितरण गरेको थियो । साथै, बैंकले आफ्नो सामाजिक सञ्जालबाट चेतनामूलक सामाग्रीहरु समेत प्रसारण गरेको बतायो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij