२०८३ साउन १० आइतबार

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता

ई आर्थिक    शनिबार, चैत्र ९ २०८१
7.7K
Shares
सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता

ई–आर्थिक, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिनुभयो । उद्योगले २८ किस्तामा बक्यौता तिर्ने छ ।

यसैगरी, सुनवलमै सञ्चालित अर्को उद्योग सर्वोत्तम सिमेन्टले बक्यौता बापतको दोस्रो किस्ता बुझाएको छ । २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता जनाएको उद्योगले शुक्रबार दोस्रो किस्ता पावत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो । उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij