२०८३ असोज ३ शनिबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई आर्थिक    शुक्रबार, चैत्र ८ २०८१
3.5K
Shares
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई-आर्थिक, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ग्लोबल मनि वीक २०२५ (विश्व वित्तीय सप्ताह) को अवसरमा स्याङ्जाको भीरकोट नगरपालिका स्थित भू.पु. सैनिक कम्युनिटी एकेडेमीमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

“Think Before You Follow, Wise Money Tomorrow” भन्ने नारासहित विश्वभर मनाइँदै आएको ग्लोबल मनी वीक २०२५ अन्तर्गत बैंकको भीरकोट र वालिङ शाखाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

उक्त कार्यक्रममा करिब ५० जना विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूलाई बैंकिङ प्रणाली, बचतको आवश्यकता, खाताका प्रकार, लगानीको प्रारम्भिक ज्ञान, मोबाइल बैंकिङ, साइबर सुरक्षा, र डिजिटल ठगीबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिइएको थियो। साथै, वर्तमान युवापुस्तालाई डिजिटल वित्तीय प्रणालीसँग परिचित गराई सुरक्षात्मक उपायहरू अवलम्बन गर्न आवश्यक भएकोमा जोड दिइएको थियो।

बैंकका वालिङ शाखा प्रमुख कुमार केसी, भीरकोट शाखा प्रमुख कमल अधिकारी, सम्बन्ध व्यवस्थापक नवराज भण्डारी, तथा कर्मचारी पूर्ण बहादुर क्षेत्री र पुन्य प्रसाद खनालले विद्यार्थीहरूलाई साक्षरता प्रशिक्षण प्रदान गरेका थिए।

युवाहरूलाई सानै उमेर देखिनै आर्थिक रूपमा सचेत बनाउन विद्यार्थी लक्षित वित्तीय साक्षरताको कार्यक्रम गरिएको भीरकोट शाखा प्रमुख अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij