२०८३ साउन १० आइतबार

कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ई आर्थिक    बिहिबार, चैत्र ७ २०८१
4K
Shares
कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

ई-आर्थिक, काठमाडौं ।  ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, फाइनान्सियल इन्फ्लुयन्सरको प्रभाव र एआईको प्रवेशले सर्वसाधारण, विषेशगरी युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्य राखिएको बैंकको भनाइ छ।

कार्यक्रमअन्तर्गत, सहभागीहरूलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।

यस अभियानमार्फत, कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ। बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij