२०८३ साउन ९ शनिबार

२५ करोड रूपैयाँभन्दा बढी रकमसहित सिन्धुपाल्चोकका कुसाङ लामा पक्राउ

ई आर्थिक    मंगलबार, चैत्र ५ २०८१
6.5K
Shares
२५ करोड रूपैयाँभन्दा बढी रकमसहित सिन्धुपाल्चोकका कुसाङ लामा पक्राउ

ई-आर्थिक, काठमाडौं ।  नेपाल प्रहरीले करिब २५ करोड रूपैयाँभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एक जनालाई पक्राउ गरेको हो  पक्राउ  पर्नेमा सिन्धुपाल्चोकका ४३ वर्षीय कुसाङ लामा रहेका छन् ।  भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

यसअधि लामा ७ केजी सुन तस्करीको एक मुद्दामा पहिल्यै ५ वर्षजेल सजाय काटिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो।

ना१ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रूपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए।

काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड १९ लाख २४ हजार ९ सय पाचँ  रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij