२०८३ साउन १२ मंगलबार

रणवाङ-तोलावाङ खण्डमा कालोपत्र सम्पन्न, २२ करोड ५७ लाखमा सम्झौता

ई आर्थिक    बुधबार, फाल्गुन २८ २०८१
4.3K
Shares
रणवाङ-तोलावाङ खण्डमा कालोपत्र सम्पन्न, २२ करोड ५७ लाखमा सम्झौता

ई-आर्थिक,  म्याग्दी । बेनी-दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका-२ रणवाङको खहरेखोलादेखि रणवाङ-सहश्रधारा-दुखुखोला-तल्लोदुखु-रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो। खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र भएको छ।

‘फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ’, पौडेलले भने, ‘बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ।’

मंगला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा सम्झौता भएको हो।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो।

यसअघि बेनी-सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ। सिम-पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij