ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याङ्क अनुसार नेपालका वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८१/ २०८२को सात महिनाको तथ्याङ्क अनुसार नेपालका वाणिज्य बैंकहरूले कुल ३६ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले वित्तीय विवरणमा वाणिज्य बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा १.६२ प्रतिशतले घटेको देखिन्छ । राष्ट्र बैंक अनुसार समीक्षा अवधिमा ९ वटा बैंकको नाफा बढ्दा ११ वटाको घटेको छ। सर्वाधिक नबिल बैंकले माघसम्म ४ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले ३ अर्ब ९८ करोड नाफा आर्जन गरेको छ।
साथै,नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड नाफा कमाएको छ । अन्य वाणिज्य बैंक एभरेष्ट बैंकले २ अर्ब ५७ करोड, नेपाल बैंकले २ अर्ब ४५ करोड, एनएमबि बैंकले २ अर्ब ३४ करोड र प्राइम बैंकले २ अर्ब १८ करोड नाफा गरेका छन ।
स्ट्यान्डर्ड चार्टर्ड १ अर्ब ८३ करोड नाफा गरेको छ साथै प्रभु बैंक १ अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंक १ अर्ब ५८ करोड , हिमालयन बैंक १ अर्ब ४७ करोड र सानिमा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
एनआईसी एसिया बैंकको नाफा ४६ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, कृषि विकास, कुमारी र एनआईसी एसियाको नाफा घटेको देखिन्छ ।
अधिकांश बैंकहरुको वित्तिय अवस्था कमजोर रहेको देखिएको छ ।
वाणिज्य बैंकको नाफाको अवस्था
Bank Name Net Profit In Million
NABIL Bank 4,011.12
Global Ime Bank 3,890.56
NIMB Bank 3,439.65
Everest Bank 2,573.84
Nepal Bank 2,458.41
NMB Bank 2,344.92
Prime Commercial bank 2,182.35
Standard Chartered bank 1,838.56
Prabhu Bank 1834.67
Laxmi Sunrise Bank 1589.60
Himalayan Bank 1472.49
Sanima Bank1, 1371.96
Rastriya Baniya Bank 1 238.68
Nepal SBI Bank 091.77
Machhapuchre Bank 968.18
Citizens Bank 902.69
Siddhartha Bank 855.19
Krishi Bikash Bank 799.95
Kumai bank 738.64
NIC Asia Bank 464.73
Total 36,067.96