ई-आर्थिक, काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले घिमिरेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।
बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव हासिल गरिसकेका घिमिरेलाई बैंकले दुई वर्ष अगाडी नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको थियो । एनएमबी बैंले यस पटक पनि आफैले प्रमुख कार्यकारी अधिकृत तयार पारेको हो ।
घिमिरे सन् २००९ देखि एनएमबि बैंकमा कार्यत छन् । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।