२०८३ साउन ९ शनिबार

सुर्यज्योति लाइफ इन्स्योरेन्सको आकर्षक बीमा योजना, दैनिक ३९४ मै १ करोडसम्मको बीमा

ई आर्थिक    बिहिबार, फाल्गुन २२ २०८१
6.6K
Shares
सुर्यज्योति लाइफ इन्स्योरेन्सको आकर्षक बीमा योजना, दैनिक ३९४ मै १ करोडसम्मको बीमा

ई–आर्थिक, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दैनिक ३९४ मा १ करोडसम्मको जीवन बीमाको योजना ल्याएको छ ।

भविष्यमा आइपर्ने आर्थिक समस्याबाट जोगाउने तथा कम प्रिमियममा ठूलो रकमको जीवन बीमा हुने भएकाले सूर्यज्योतिले ल्याएको यो योजनामा सेवाग्राहीको समेत आकर्षण देखिएकोे छ ।

सही प्लानअन्तर्गतको यो योजनामा बीमा गर्नका लागि दैनिक ३९४ रुपैयाँ प्रिमियमका लागि छुट्याए पुग्नेछ । अर्थात् दैनिकको चिया खाजा खर्च जोगाएर बीमा गरेमा भविष्यमा आउनसक्ने आर्थिक संकटलाई सहजै समाधान गर्न सकिने देखिन्छ । यो बीमा योजनामा यदि ३५ वर्षको व्यक्तिले दैनिक ३९४ रुपैयाँको प्रिमियम २० वर्षसम्म तिर्दा २८ लाख ७६ हजार २ सय फिर्ता पाउनेछ । तर, उसले जम्मा गरेको प्रिमियम फिर्ता लिएर बीमा अवधि सकिए पनि त्यसपश्चात् समेत आजीवन नै १ करोडसम्मको बीमा कभरेज कायम नै रहनेछ ।

यो योजनामा बीमितले वर्षमा १ लाख ४३ हजार ८ सय १० रुपैयाँ प्रिमियम तिर्नुपर्नेछ । दैनिक ३ सय ९४ रुपैयाँमै १ करोड रुपैयाँबराबरको बीमा गर्न सकिने भएकाले सूर्यज्योतिको सही प्लानको नीति फाइदाजनक रहेको र सेवाग्राहीमा पनि आकर्षण बढेको कम्पनीले जनाएको छ ।

जोखिम व्यवस्थापनको एउटा महत्त्वपूर्ण औजार हो, बीमा । समाजमा जुनसुकै बेला आइपर्ने बिपत्ति र प्रकोपबाट मानिसको जीवन वा सम्पत्तिमा क्षति पुग्नसक्छ । त्यसैले जुनसुकै बेला आउन सक्ने यस्ता संकटको अवस्थाबाट आफू वा परिवारलाई जोगाउन हरेक बीमा गर्ने गरिन्छ । अनिश्चित जोखिममा परेको अवस्थामा क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो ।

बीमामार्फत भविष्य सुनिश्चित गर्न चाहनेहरुका लागि सूर्यज्योति लाइफले ल्याएको ‘सही प्लान’ प्रति सेवाग्राहीको आकर्षण बढिरहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको मंसिरमा ‘सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक गरेको थियो ।

बीमा दुई पक्षबीच हुने लिखित सम्झौताबाट उत्पन्न हुने दायित्व हो । जसमा बिमा गर्ने कम्पनी र बिमितबीच हुने सम्झौताबाट उत्पन्न दायित्व अनुसार बीमित कुनै जोखिममा परेमा बिमा कम्पनीले त्यसको क्षतिपूर्ति हस्तान्तरण गर्ने गर्छ ।

पछिल्लो समयमा नेपालमा जीवन बीमा गर्नेहरुको संख्या वृद्धि भइरहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत असार मसान्तसम्म ४३.२७ प्रतिशत नेपाली बीमाको दायरामा आइसकेका छन् ।

नेपालमा जीवन बीमाको क्षेत्रमा ६ देखि ६ लाख ५० हजारसम्मका औसत वार्षिक कुल बीमाङ्क रकम भएका बीमा नीतिहरु बढी पाइन्छ । बीमा नगरेको अवस्थामा भविष्यमा कुनै प्रकारका आर्थिक वा जीवन जोखिममा पुग्यो भने त्यसको आर्थिक भार बहन गर्न कठिन हुने सम्भावना हुन्छ । त्यसैले आफ्नो आम्दानी अनुसार बीमा गर्दा आर्थिक चुनौतीका समयमा सुरक्षा प्राप्त हुन्छ । त्यसैले समयमै चनाखो हुन आवश्यक देखिन्छ ।

वार्षिक करिब ६ देखि ६ लाख ५० हजार रुपैयाँसम्मको कुल बीमाङ्क रकमका लागि बिमितले वार्षिक ४० हजारदेखि ४५ हजार रुपैयाँसम्म प्रिमियम बुझाउनुपर्छ । जुन रकमले बिमित र परिवारको पूर्ण आर्थिक सुरक्षा हुन सकेको देखिँदैन । यस्तो अवस्थामा बालबच्चाको शिक्षा, आफू र आफ्ना परिवारको उज्ज्वल भविष्य, घातक रोग लाग्दा उपचार खर्च, भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिमको वहन तथा आश्रित परिवारको आर्थिक सुरक्षा र वृद्धावस्थामा ठूलो रकम खर्चिनुपर्ने हुनसक्छ ।

त्यसैले यस्ता चुनौतीको सहज रुपमा सामना गर्न र आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सले निकै कम प्रिमियम अर्थात् दैनिक ३ सय ९४ रुपैयाँमा आजीवन सुरक्षा दिने योजना ‘सूर्यज्योति सही प्लान’ ल्याएको हो ।

जुन प्लानमा सेवाग्राहीसमेत ढुक्क देखिन्छन् । कम प्रिमियममा ठूलो प्लान, सीमित भुक्तानीमा असीमित कभरेज तथा लाइफ कभरेज अर्थात् तिरेको प्रिमियमको ६ गुणासम्म कभरेजका साथै बिमा अवधि समाप्त भएपछि समेत होल लाइफ कभरेजस्ता विषय यो बीमा नीतिका आकर्षण हुन् ।

‘सूर्यज्योति सही प्लान’ अन्तर्गत वार्षिक ४० देखि ४५ हजार रुपैयाँ प्रिमियम तिर्दा करिब २५ लाखसम्मको बीमा गर्न सकिन्छ । यसले बीमितको जीवनमा आइपर्न सक्ने आर्थिक जोखिमका अवस्थामा राहत दिन्छ । त्यसैले यो योजना बीमित व्यक्तिको परिवारको सुनौलो भविष्यका लागि समेत सहयोगी बन्न सक्छ ।

‘सही सोचौँ, सही रोजौँ’ भन्ने नारासहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले ल्याएको ‘सूर्यज्योति सही प्लान’ मार्फत हरेक घर, एक बीमाको रूपमा यो योजनाको पहुँच पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ ।

साथै, यो योजनाले आकर्षक र उत्कृष्ट सुविधाहरू ल्याएका कारण हरेक नेपालीको मन मुटुमा यो योजना स्थापित हुन थालेको कम्पनीले जनाएको छ ।

यस्तै, सीमित अवधिसम्म बीमाशुल्क भुक्तानी गर्दा दीर्घकालीन (आजीवन) रक्षावरण रहिरहने हुन्छ भने अन्य बचत किसिमको बीमाभन्दा ६ गुणासम्म आर्थिक सुरक्षा प्रदान गर्छ ।

‘सूर्यज्योति सही प्लान’अन्तर्गत बीमा अवधि सकिएर बचत रकम फिर्ता लिए पनि आफूलाई बुढेसकालको सहारा हुन्छ भने परिवारमा आइपर्ने आर्थिक समस्याको समाधानसमेत हुन सक्ने हुँदा यो लाभदायक देखिन्छ ।

यो बीमा योजनाअन्तर्गत बीमितले ऐच्छिक तथा अतिरिक्त सुविधाहरू पनि प्राप्त गर्नेछन् । तर, ऐच्छिक र अतिरिक्त सुविधाहरु लिँदा भने थप प्रिमियम लाग्नेछ ।

अन्य जीवन बीमा पोलिसीभन्दा भिन्न र उत्कृष्ट सुविधा तथा विशेषताहरू भएकाले नै ‘सूर्यज्योति सही प्लान’ ले नेपाली जीवन बीमा बजारमा छिट्टै नै आफ्नो स्थान बनाउने कम्पनीको विश्वास छ ।

यो सुविधाअन्तर्गत बीमित ३५ प्रकारका घातक रोगबाट पीडित भएमा बीमितलाई एकमुस्ट ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्छ । यो बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म सुविधा दिने आईएसओ ९००१–२०१५ को गुणस्तरीय प्रमाणपत्र प्राप्त गर्ने एक मात्र जीवन बीमा कम्पनी बन्न सफल भएको छ । यो योजनाबाट धेरै सेवाग्राहीहरु लाभान्वित हुने सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij