ई-आर्थिक,काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे पुन: चयन भएका छन् ।
बैंक संचालक समितिको ६१७ औं बैठकले पाँडेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
फागुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।
सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भए ।