२०८३ साउन १० आइतबार

१०० प्रतिशत कामको ‘हुंकार’ गर्ने काठमाडौं महानगर कार्यसम्पादन जिल्लाभरमै कमजोर

ई आर्थिक    शुक्रबार, फाल्गुन २ २०८१
6.1K
Shares
१०० प्रतिशत कामको ‘हुंकार’ गर्ने काठमाडौं महानगर कार्यसम्पादन जिल्लाभरमै कमजोर

ई–आर्थिक, काठमाडौं । राम्रो काम गरेको भन्दै चर्चामा १०० प्रतिशतकै ‘हुंकार’ गरिरहेको काठमाडौं महानगरपालिकाको कार्यसम्पादन भने जिल्लाका अन्य नगरपालिकाको भन्दा निक्कै कमजोर देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिकाको ५४.३ अंक आएको हो ।

१७ वटा विभिन्न सूचकमा आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा महानगरले मुस्किलले आधा कटाएर ५४.३ प्रतिशत ल्याएको हो ।

काठमाडौं जिल्लामा रहेको १० नगरहरूमा कीर्तिपुर नगरपालिका ६३.४, शंखरापुरले ६८.१, चन्द्रागिरी ६७.१, टोखा ५८.६, तारकेश्वरले ७१.३, नागार्जुनले ७०.६, बूढानीलकण्ठले ६०.८, दक्षिणकालीले ५४.७, कागेश्वरी मनोहरा ६२.८, गोकर्णेश्वर नगरपालिकाले ६४.४ अंक ल्याएका छन् ।

आयोगको मूल्यांकनमा तारकेश्वर सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने नगरपालिकामा परेको छ ।

आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) छन् । उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय मानिन्छन् । तर उनको भित्री कथा र गतिविधि निक्कै शंकास्पद र आलोचित देखिएको छ ।

सहिद दिवसमा सहिदहरुको अपमान, काठमाडौंको रंगरोगन र दरबारमार्गको सडकपेटीमा विछ्याइएको ग्रेनाइट विषयका उनी सर्वसाधारणबाट पछिल्लो समय निक्कै आलोचित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij