२०८३ साउन ९ शनिबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय छायामा पार्न खोजिएको मन्त्री पाण्डेको दाबी

ई आर्थिक    शनिबार, पौस १३ २०८१
7.6K
Shares
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषय छायामा पार्न खोजिएको मन्त्री पाण्डेको दाबी

ई–आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायामा पार्न खोजिएको दाबी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभियसन मिट–२०२४’ मा मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायामा पार्न खोजिएको दाबी गरेका हुन् ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनु पर्नेमा जोड दिए ।

विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन् भनेर निराश हुने अवस्था नरहेको उनको भनाइ थियो ।

उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ ह्यान्डहरू भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाउन सके निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुने उनको दाबी थियो ।

उनले निजगढ विमानस्थल बनाउने कुरा छायामा बनाउने काम गर्न दिन नहुने उनले बताए ।

उनले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको बताए । उनले त्यसका लागि सरकारले कूटनीतिक रूपमा पहल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij