२०८३ साउन १० आइतबार

रवि लामिछानेसहितको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा

ई आर्थिक    सोमबार, पौस ८ २०८१
1.5K
Shares
रवि लामिछानेसहितको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा

ई-आर्थिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दामा न्यायाधीश नीतिज राईको इजलासमा बहस हुने भएको छ । रास्वपाका सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान नीतिज राईको इजलासमा हुनेभएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।

आइतबार  लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता गरिएको थियो । लामिछानेलाई सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर गरिएको हो ।

प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीले रवि लामिछाने ३ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो ।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएका लामिछाने त्यस यता प्रहरी हिरासतमा छन्। उनलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो ।

रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा दर्ता, के के मा भयो मुद्दा दर्ता ?

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij