२०८३ साउन १२ मंगलबार

मुग्लिन-काठमाडौं सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक तीन घण्टा बन्द हुने

ई आर्थिक    आइतबार, पौस ७ २०८१
4.1K
Shares
मुग्लिन-काठमाडौं सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक तीन घण्टा बन्द हुने

ई-आर्थिक, चितवन । चितवन- मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ।

स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म बन्द गरिने नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ।

आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारी चालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ। सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ।

नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ। विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौँदी बजारमा रोकिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij