२०८३ साउन १२ मंगलबार

‘अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी बन्नुपर्छ’

ई आर्थिक    शनिबार, मंसिर २९ २०८१
6.4K
Shares
‘अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी बन्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसावबाट अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले सबै जिम्मेवार भएर काम गर्ने हो भने छोटो समयमै अर्थतन्त्र सुधार हुने दाबी गर्नुभयो । उहाँले अन्तरमन्त्रालय र निकायबीचको समन्वयको अभावले पनि कतिपय समस्याहरु सिर्जना भइरहेको जानकारी दिनुभयो ।

‘‘सरकारले पोलिसी ल्याएर मात्रै पनि हुँदैन । हामी सबैले आफ्नो जिम्मेवारी वहन गर्न सक्नुपर्छ । हामी सबै पक्ष एउटा जिम्मेवार हिसावबाट जान सक्नुपर्छ । छोटो समयमै सुधार गर्न सकिन्छ । हाम्रो मन्त्रालय, मन्त्रालयबिच, मन्त्रालय र विभागबिच, विभाग र मातहतका कार्यालयबिच पनि समन्वय हुन सकेको छैन ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले कन्फिडेन्स बिल्डप गर्नेकुरामा अवरोध गरेको छ । निकायहरुबिचको समन्वय महत्त्वपूर्ण छ । काम गरेको भुक्तानी सरकारले गरिदिन्छ है भन्ने वातावरण बन्नुपर्छ । उहाँहरुले प्रस्तुत गर्नुभएको रकम र सरकारले प्रस्तुत गरेको फिगर फरक छ । वास्तविक रकम कति हो त्यो आउनुपर्छ ।’’

अध्यक्ष ढकालले अर्थतन्त्र अहिलेको अवस्थामा पुग्नु विगतमा सरकारले लिएका नीतिहरु रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij