२०८३ साउन १२ मंगलबार

निर्माण सामाग्री सिमेन्टको मूल्य अभिवृद्धि खारेज गर्ने निर्माण व्यवसायीहरुको माग

ई आर्थिक    सोमबार, मंसिर १७ २०८१
4.7K
Shares
निर्माण सामाग्री सिमेन्टको मूल्य अभिवृद्धि खारेज गर्ने निर्माण व्यवसायीहरुको माग

ई-आर्थिक, काठमाडौं । निर्माण सामाग्री सिमेन्टमा भएको मूल्य अभिवृद्धि खारेज गर्ने निर्माण व्यवसायीहरुले  माग गरेका छन्। केही दिनअधि  सिमेन्ट व्यवसायीहरुको मिलोमतोमा  सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेका थिए । सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका छन् । यसअघि सरदर प्रतिबोरा १ सय  देखि १ सय ५० रुपैयाँ बढाएका छन् । अव  प्रतिबोरा  ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम निर्माण व्यवसायीहरु बताउछन् ।

सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए । तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो । यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् । सबै सहमत भएसँगै ठुला र राम्रो बजार नेटवर्क भएका सिमेन्टको मूल्य बढेको हो  ।

निर्माण सामाग्रीमा भएको मूल्य अभिवृद्धि खारेज गर्ने निर्माण व्यवसायीहरुले माग गरेका छन् ।  बागमती प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव चन्द्र कुमार वाइवाले निर्माण कार्य गर्नुपर्ने सिजनमा सिमित सिमेण्ट उद्योगीहरुले मुल्यवृद्धिसंगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकोले भुक्तानी अभाव लगाएतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको यस प्रदेश महासंघको ठहर गरेको बताए ।

खुल्ला अर्थतन्त्रको नीति विपरित सिमेण्टमा गरिएको यस किसिमका अस्वभाविक मूल्यवृद्धि दण्डनीय अपराध भएको यस प्रदेश महासंघको ठम्याई रहेको महासचिव वाइवाले जानकारी दिए । विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गइ नेपाल सरकारका सार्वजनिक निकायहरुलाई नै आर्थिक बोझ थपिएको सर्वविदितै छ ।

निर्माण व्यवसायीहरुको अरबौं भुक्तानी नहुदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्ट लगाएतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अविलम्व खारेज गरि आम उपभोक्तालाई राहत दिन यस प्रदेश महासंघ सरकारका सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ । अन्यथा मूल्यवृद्धि खारेज नभए सम्म सम्पूर्ण निर्माण व्यवसायीहरुको निर्माण कार्यलाई रोक्न बाध्य हुने व्यहोरा समेत विज्ञप्ती मार्फत अवगत गराएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ देशभर रहेका २४ हजार निर्माण व्यवसायीहरु रहेका छन् । ७ प्रदेश महासंघ, ७७ जिल्ला संघ र १ एशोसियट संघको छाता संस्था मात्र नभई १८ राष्ट्र संलग्न रहेको  इन्टरनेशनल फेडरेशन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन (IFAWPCA) रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij