२०८३ साउन ९ शनिबार

हिमालय एयरलाइन्सले पोखराबाट तिब्बतको ल्हासामा नियमित उडान गर्ने

ई आर्थिक    बिहिबार, मंसिर १३ २०८१
3.4K
Shares
हिमालय एयरलाइन्सले पोखराबाट तिब्बतको ल्हासामा नियमित उडान गर्ने

ई–आर्थिक, काठमाडौं । निजी वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने भएको छ । अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तिब्बतको ल्हासा विमानस्थलमा नियमित उडान भर्ने भएको हो ।

हिमालय एयरलाइन्सले आउँदो डिसेम्बरभित्रै पोखराबाट ल्हासा उडान थाल्ने तयारी गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

ल्हासाको गोंगार विमानस्थलले स्लटको अनुमति दिनासाथ उडान गर्ने गरी हिमालयले प्राधिकरणसँग अनुमति मागेको छ । ल्हासाको विमानस्थलबाट अनुमति पाएसँगै पोखरा विमानस्थलमा नियमित व्यावसायिक उडान सुरु हुने प्राधिकरणले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को पुसदेखि सञ्चालनमा आए पनि चार्टर उडान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

हिमालयले हरेक साताको सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र ल्हासाबाट पोखरा आउने छ । सोमबार हिमालयको जहाज पोखरामा नै बस्ने छ । मंगलबार पोखराबाट ल्हासा उडान गर्ने र ल्हासाबाट काठमाडौं फर्कने गरी उडान तालिका प्राधिकरणमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij