२०८३ असोज ७ बुधबार

सिद्धार्थ बैंक र एनसीएचएल अलिपे प्लसबिच मार्फत नेपालपे क्युआरमा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

ई आर्थिक    बुधबार, मंसिर १२ २०८१
4.1K
Shares
सिद्धार्थ बैंक र एनसीएचएल अलिपे प्लसबिच मार्फत नेपालपे क्युआरमा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको QR मा Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तर्देशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।

विशेष गरी चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्विडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार Alipay+ को नेटवर्कमा Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तर्देशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ । यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकहरूलाई सहजता पुर्याउनेछ भने, यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिई आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउनेछ ।

यस प्रणाली बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरुमार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले आगामी दिनहरूमा नेपालमा क्रस बोर्डर डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ । सिद्धार्थ बैंक र एनसीएचएलले संयुक्त रूपमा डिजिटल भुक्तानीको पहुँच र उपयोगलाई देशव्यापी रूपमा विस्तार गर्न प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij