२०८३ साउन ९ शनिबार

तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो, गत आर्थिक वर्षको तुलनामा साढे ११ प्रतिशतले बृद्धी

ई आर्थिक    मंगलबार, मंसिर ४ २०८१
3.8K
Shares
तीन महिनामा ४ खर्ब ७ अर्ब  रेमिट्यान्स भित्रियो, गत आर्थिक वर्षको तुलनामा साढे ११ प्रतिशतले बृद्धी

ई-आर्थिक, काठमाडौं । नेपालमा रेमिट्यान्स साढे ११ प्रतिशले बढेको छ ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको हो  ।  रेमिट्यास आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको  तथ्यांकले देखाएको छ ।

नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै रेमिट्यान्स भित्रिने क्रम समेत बढेको राष्ट्र बैंकले जानएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको  असोज मसान्तसम्म नेपालमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्सको रुपमा नेपाल भित्रिएको छ ।   गत आर्थिक वर्षको तुलनामा  सोही अवधिको तुलनामा साढे ११ प्रतिशतले बढेको हो  । अघिल्लो आवको तीन महिनामा २५.८ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।

अमेरिकी डलरमा गणना गर्दा यो रेमिट्यान्स ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४०४ अर्ब ७ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ५५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो । नेपालबाट वैदेशिक रोजगार र विदेशमा पढाईको नाममा धेरै नेपाली विदेशिने गरेको छ । वैदेशिक रोजगारमा गएकाले भने धेरै मात्रामा रेमिट्यान्स पठाउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij