२०८३ साउन ९ शनिबार

नागढुङगा सडक एक साताका लागि बिहान ११ – २ बजेसम्म आंशिक बन्द हुदै

ई आर्थिक    बिहिबार, कार्तिक २९ २०८१
2.7K
Shares
नागढुङगा सडक एक साताका लागि बिहान ११ – २ बजेसम्म आंशिक बन्द हुदै

ई-आर्थिक, काठमाडौं । नागढुङगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।

नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन जनाएको छ।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ। सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij