लक्ष्मण फुयाल, काठमाडौं । दिनेश तामाङ (नाम परिवर्तित) राइडिङ सेयरीङ एपका नियमित प्रयोगकर्ता हुन् । उनी काठमाडौं नरेफाँट कोटदेवीबाट शंखमुल अफिस आउदा अधिकांश समय पठाओ र इन्ड्राइभ राइडीङ सेयरीङ प्रयोग गरेर आउँछन् । अफिस टाइममा उनी आफ्नो लोकेसनबाट अफिस आउन इन्ड्राइभमा ९० रुपैयाँ तिर्ने गरेका थिए । उनले इन्ड्राइभबाट अफिस आउदा १२० रुपैयाँ तिरेको गुनासो गरे । एकै समयमा आउदा ३० रुपैयाँले महंगो शुल्क लिदा उनी भन्छन् ‘म नियमित रुपमा आउने हुनाले मलाई यो ठाँउबाट आउदा यति पैसा लाग्ने थाहा छ तर पहिले पटक सेवा लिदा त सामान्य मान्छे ठगिने भैहाल्यो नि ।’
दशैंको समयमा पठाओ प्रयोग गरेर एक सेवाग्राही राम प्रसाद (नाम परिवर्तित) कोटेश्वर देखि नक्साल जादा सामान्य भाडा १८० रुपैया दिने गरेकोमा दशैंमा ३५० रुपैयाँ सम्म लिएको गुनासो गर्छन् ।
लुट्न पाएको बेला लुट्ने अहिलै हो भन्दै मूल्य बढाएको देख्दा सरकारले वास्ताबेस्ता नगर्नु, सरकारले लुटन् छुट दिएको बताउछन् नयाँ बस्तीका राम श्रेष्ठ (नाम परिवर्तन) । चार्डपर्वका नाममा राइडिङ सेयरीङ कम्पनीबाट लुटिएका यी प्रतिनिधी पात्र हुन् यसरी पर्वहरुको समयमा धेरै व्यक्तिहरु ठगिएका छन् ।
पछिल्लो समयमा नेपालमा राइड सेयरीङ एप मार्फत यात्रा गर्नेहरुको संख्या बढ्दो छ । सार्वजनिक यातायातहरुबाट यात्रा गर्दा हुने झन्झटबाट बच्न र समयको सदुपयोग आफूलाई आवश्यक पर्ने स्थानमा सजिलै पुग्न राइड सेयरीङमार्फत सेवा लिनेहरुको संख्या उल्लेखिय रुपमा रहेको छ । नेपालमा विशेष रुपमा टुटल, पठाओ, इन्ड्राभ लगायतका विभिन्न राइड सेयरीङ एफहरु संञ्चालनमा रहेका छन् । सवारीसाधन चढ्दा बार्गेनिङको झन्झट नबेहोर्न ‘इनड्राइभ’ ‘पठाओ’ लगायतका राइडीङ एपहरु आम मान्छेको रोजाईमा परेतापनि यी राइडीङ सेवा दिन कम्पनीहरु इमान्दार हुन सकेका छैनन् ।
हरेक दिन बजारका चोक चोकमा राइडरहरु यात्रु कुरिरहेका छन् । यस्ता राइडर कम्पनीहरुबाट आम मान्छेहरुले सेवा सुविधा पाएका छन् । बेला बेलामा राइड सेयरीङ कम्पनीहरुले बदमासी गर्ने गरेको र समय समयमा भाडाको विवाद देखिएको छ ।
पछिल्लो समयमा यी राइडर कम्पनीहरुले सेवाको नाममा ब्रह्मलुट गरेका छन् । विशेष रुपमा चार्डपर्वको समयमा विभिन्न राइड सेयरीङ कम्पनीहरुले महंगो भाडा लिएर आम जनताहरुलाई लुटेका छन् । राइड सेयरीङका कम्पनीहरुले मनलाग्दि पैसा उठाएको सेवाग्राहीहरुको गुनासो रहेको छ ।
दशै तिहार लगायतका समयमा राइडिङ कम्पनीहरुले सामान्य समयको भन्दा बढी पैसा असुलेका थिए । राइडिङ सर्भिसका नाममा विदेशका कम्पनीहरुले पैसाको ब्रह्मलुट गर्दा नेपालका सम्बन्धित निकायहरु कानमा तेल हालेर बसेका छन् ।
सरकारका निगमन गर्ने कुनै पनि निकाय यो विषयलाई चासो दिएका छैनन् । सरकारको फितलो कार्य व्यवस्थाका कारण यी राइडिङ कम्पनीहरुले राज्यमा तिर्ने कर नतिरी ठगिरहेका छन् । सरकारको नीतिगत कमजोरी हुदा राज्यका अर्बौ रकम खुलेआम यस्ता कम्पनीहरुले दुरुपयोग गरेका छन् ।
बेला बेलामा राइडिङ सेयरिङ कम्पनीहरुले चार्डपर्व, सार्वजनिक सवारी कम चल्ने अवस्था तथा अन्य प्राकृतिक विपत्ति पानी पर्ने समयमा बढि मूल्य असुल्ने गरेको सेवाग्राहीहरुको गुनासो छ । सेवाग्राहीहरु भन्छन् ‘नेपालमा अहिले जसले लुट्दा हुने भएको छ । जनतालाई हरेक क्षेत्रबाट लुटिरहेका छन् यहाँ लुटतन्त्रको जमाना आएको छ ।‘
राइडिङ सेयरीङ कम्पनीहरुले खुलेआम ब्रह्मलुट गर्दा यातायात व्यवस्था कार्यालय तथा बागमती प्रदेश यातायात मन्त्रालय कानमा तेल हालेर बसेको छ । विभाग तथा मन्त्रालयबाट कुनै नीतिगत निर्णयहरु गरेका छैनन् । सेवाग्राहीहरु विशेष रुपमा पठाओको तुलनामा इन्ड्राइभले धेरै पैसा असुल गरेको सेवाग्राहरु बताउछन् । चार्डपर्वको समयमा पठाओले २० देखि ३० प्रतिसत सम्म मूल्य बढाएको थियो । इन्ड्राइभले सामान्य अवस्थाको भाडादर बाहेक बढि मूल्य असुलेको थियो ।
सार्वजनिक सेवाका नाममा चलेका यी राइडिङ कम्पानीहरुले जनतालाई खुलेआम लुटदा सम्बन्धित निकाय मूखदर्शक बन्नु आफैमा लज्जास्पद विषय हो । खुलेआम इन्ड्राइभ पठाओ मूल्य बढाएर लिएका छन् । यसमा सरकारले अनुगमन तथा कारवाहीको दायरामा ल्याउन आवश्यक छ ।
सेवाको नामा सर्वसाधारण ठगिनु नहुने सम्बन्धित सरोकारवाला धारणा राख्छन् । राइड सेयरिङले भाडा चर्को लिएपछि ग्राहकहरूले यातायात व्यवस्था विभाग, बागमती प्रदेशको यातायात मन्त्रालयसम्म गुनासो गरेका थिए तर मन्त्रालयले उनीहरुको कुरा सुनेन् । सेवाग्राहीहरुले सामाजिक सञ्जाल मार्फत बढी भाडा लिएको भनेर पोष्ट पनि गरेका छन् । तर, नियमन गर्नुपर्ने निकाय कानुनी व्यवस्था नभएकाले केहि गर्न नमिल्ने बताउछन सम्बन्धित सरोकारबाला निकायहरु ।
नेपालमा सबैभन्दा बढी प्रचलनमा रहेको राइड सेयरिङ एपहरू इन्ड्राइभ र पठाओ दुवैले तिहारका बेला बढी भाडा लिएको गुनासो ग्राहकहरूको छ । तर, पठाओको तुलनामा इन्ड्राइभले अत्यधिक महँगो भाडा लिएको गुनासो ग्राहकहरूको छ । राइड सेयरीङ कम्पनीहरु बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागमा दर्ता नभइ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर चलिरहेकाले नियमन गर्न नसकेको विभागले जानकारी दियो ।
सन् २०१२ मा रसियामा सुरु भएको इनड्राइभ नेपालमा सन् २०१९ बाट सञ्चालनमा आएको हो । इनड्राइभले नेपालमा वैधानिक रूपमा दर्ता गरी लाइसेन्स पनि पाइसकेको छ । नेपालमा राइड सेयरसम्बन्धी कानुनी व्यवस्था प्रष्ट छैन । नेपालमा चलिरहेका राइड सेयरिङ कम्पनीले आफूलाई अनुकुलता हरेर मूल्य निर्धारण गर्ने गरेका छन् । इन्ड्राइभ सुरुवाती चरणमा दर्ता नभएकाले प्रहरीको छड्के चेकजाँचमा परेर कारवाही परेका थिए । यो कम्पनी नेपालमा कानुनबिनै राइड सेयरिङ कम्पनी खुलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । उच्च अदालतले २०७६ सालमै कानुन बनाएर नियमन गर्न सरकारका नाममा परामादेश दिए पनि ऐन बन्न सकेको छैन । परमादेशपछि बाग्मती प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था ऐन बनाए पनि उक्त कानुन संघीय ऐनसँग बाझिएको भन्दै कार्यान्वयन भएको छैन । कानुन नबन्दा राइड सेयरिङ कम्पनी नियमन हुन सकेको छैन ।
इन्ड्राइभमा कमिसन तिर्न नपर्ने र पठाओभन्दा कम मूल्य पर्ने हुदा चालक तथा सेवाग्रही यसमा आकर्षित बनेका थिए। यस राइडिङ कम्पनीले यात्रुहरुको दुर्घटना विमाक व्यवस्था गरेको छैन् । तुलनात्मक रूपमा सस्तो राइडिङ सेवा दिदै आएका राइडिङ सेयरीङ कम्पनीहरुले काठमाडौँ उपत्यकाबासीका लागि राम्रो छनोट बनेकोमा पछिल्लो समय भाडाका कारण विवादित बनेका छन् । सम्बन्धित संस्था तथा राज्यले यो विषयमा उचित निर्णयहरु लिएर जनतालाई सुशासनको अनुभूति दिलाउन आवश्यक छ ।