२०८३ साउन ११ सोमबार

नेपाल एसबिआई र एईसी ग्लोबल नेपाल बीच सम्झौता

ई आर्थिक    मंगलबार, कार्तिक २७ २०८१
4.1K
Shares
नेपाल एसबिआई र एईसी ग्लोबल नेपाल बीच सम्झौता

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई र एईसी ग्लोबल नेपाल बीच सम्झौता हस्ताक्षर भएको छ ।  नेपाल एसबिआई बैंक लि. र एईसी ग्लोबल नेपाल बिच बिदेशमा अध्ययन गर्न जाने बिद्यार्थीहरु लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो  ।

उक्त सम्झौता पत्र, बैंकका तर्फबा६ प्रमूख कर्जा अधिकृत श्री अर्जून नेपाल र ब्भ्ऋऋ का तर्फबाट निर्देशक श्री अजित सिङ बिच आदान प्रदान भएको थियो ।

यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । सो कार्यक्रममा बैंक तथा  अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij