२०८३ साउन ९ शनिबार

मन्त्रीपरिषद्ले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन सहित गर्‍यो ८ निर्णय (सूचीसहित)

ई आर्थिक    सोमबार, कार्तिक २६ २०८१
4.9K
Shares
मन्त्रीपरिषद्ले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन सहित गर्‍यो ८ निर्णय (सूचीसहित)

ई- आर्थिक, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा  निर्णय गरेको छ । प्रधानमन्त्री तथा कार्यालय मन्त्रिपरिषद् बैठकका निर्णयहरू डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको वक्यौता रकम (Time of Day मिटरसमेतको आधारमा) महसुल निर्धारण तथा असूलीसम्बन्धी तत्काल प्रचलित कानूनबमोजिम गणना गरी पन्ध्र दिनभित्र असुलउपर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने गराउने  निर्णय भएको नेपाल  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनानकारी दिए ।

मन्त्रपरिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने निर्णय गरेको हो । ग्राहकहरूको विद्युत महसुलसम्बन्धी विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, उद्योगमा कार्यरत श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थतन्त्रमा प्रभाव परेको हुँदा यसरी विद्युत आपूर्ति बन्द गरिएका उद्योगहरूमा चौविस घण्टाभित्र विद्युत लाइन जडान गर्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने प्रवक्ता पृथ्बी सुब्वा  गरुङले जानकारी दिए ।

यी छन्  मन्त्रिपरिषद्का बैठकका निर्णयहरु

– २०८१ कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजना हुने 2024 – Sichuan International Friendship Cities Cooperation and Development Conference मा सहभागी हुन लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री र प्रमुख सचिवलाई स्वीकृति दिने।

– नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/९/२४ को निर्णय अनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिश चन्द्र लालको संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट | विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुलसम्बन्धी विवादसमाधानको लागि गठित जाँचबुझ आयोगले मिति २०८१/१/२३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।

-कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको IFAD-13 Replenishment का लागि नेपाल सरकारको तर्फबाट अमेरिकी डलर ७५,०००/- योगदान | भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने

– नेपाल सरकार र स्वीडेन सरकारबिच हस्ताक्षर हुने Bilateral Agreement for Engagement in Cooperative Approaches Involving Internationally Transferred Mitigation Outcomes विषयक द्विपक्षीय सम्झौता स्वीकृत गर्ने र उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।

-सहरी विकास मन्त्रालय अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ६ मा पर्ने साविक मास्टमाण्डौं गा.वि.स. वडा नं. १ मा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न स्वीकृति दिने ।

– स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पेश गर्नु भएको राजीनामा स्वीकृत गर्ने ।

भन्सार महसुल नियमावली, २०८१ स्वीकृत गर्ने ।

– राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij