२०८३ साउन १२ मंगलबार

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त, बैंकिङ क्षेत्रमा २४ वर्षको अनुभव

ई आर्थिक    शनिबार, कार्तिक २४ २०८१
6.8K
Shares
प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त, बैंकिङ क्षेत्रमा २४ वर्षको अनुभव

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको उनी डीजीएममा खत्री नियुक्त भएका हुन् ।

कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यस अघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए ।

खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए । खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा चिरपरिचित रहेका छन् ।

खत्रीले देशको ठूला–ठूला भौतिक निर्माण आयोजनाहरुमा बैकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij