२०८३ साउन ११ सोमबार

निर्माण व्यवसायीले पाए ५ अर्ब ५ करोड भुक्तानी, बाँकीको टुङ्गो छैन -मन्त्रालय

ई आर्थिक    बिहिबार, कार्तिक २२ २०८१
3.4K
Shares
निर्माण व्यवसायीले पाए ५ अर्ब ५ करोड भुक्तानी, बाँकीको टुङ्गो छैन -मन्त्रालय

ई-आर्थिक, काठमाडौं । भैतिक मन्त्रालयले आज निर्माण व्यवसायीहरुको ५ अर्ब ५ करोड भुक्तानी गरेको छ । सरकारले ८ अर्ब ७१ करोड मध्ये निर्माण व्यवसायीहरुको ५ अर्ब ५ करोड भुक्तानी गरेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव सुशील बाबु ढकालले निर्माण व्यवसायीहरुको बाँकी रकम भुक्तानी अर्थमन्त्रालयले बजेट व्यवस्थापनबाट भुक्तानी हुने बताएका छन् । गत सालको भूक्तानी ८ अर्व ७१ करोड बाँकी रहेको थियो त्यो मध्ये अहिले अर्थ मन्त्रालयले आफ्नो बजेट कार्यान्वयन गर्न केही सहजीकरण गरेको थियो । त्यही सहजिकरणको अवस्थाले चालु आर्थिक वर्षबाट बिनियोजीत बजेटबाट ५ अर्ब ५ करोड निर्माण व्यवसायीहरुको भुक्तानी दिएको प्रवक्ता ढकालले जानकारी दिए ।

‘बाँकी रकम भुक्तानीका सन्दर्भमा बजेट व्यवस्थापन हो । बजेट ब्यवस्थापन भएपछि भुक्तानी हुने हो । बजेट व्यवस्थापको लागि अर्थ मन्त्रालयले यसबारेमा व्यवस्थापन गर्दै छ । व्यवस्थापन भएपछि भुक्तानी गर्न सक्छ ।’ उनले भने । निर्माण व्यवसायीहरुको बक्यौताको सन्दर्भमा मन्त्रालय पनि गम्भिर  छ ।

बजारमा निर्माण व्यवसाथीहरुले रकम नपाउदा अत्तालिने अवस्था आएको निर्माण व्यवसायीहरु बताउछन । निर्माण व्यवसायी अतालिनुभनेको नै मन्त्रालय अत्तालिनु हो । मन्त्रालयले पनि भुक्तानीमा संवेदनशील छ । त्यही भएर हामी यसको व्यवस्थापन लागिरहेका छौ । हामी प्रत्येक पटकको बैठकमा यो विषयमा छलफल पनि गरिरहेका छौ । अर्थ मन्त्रालय पनि यो विषयमा पूर्ण जानकार छ । उसले सुरुको अवस्थामा सहजिकरण गरेको हो ।अव व्यवस्थापनको पार्टो हो व्यवस्थापनमा सबै पक्ष जुटेकै छन। यसको सहजता चाडै होला भन्नेमा विश्वास रहेको सह-सचिव ढकाल ई- आर्थिकलाई बताउछन् ।

अर्थमन्त्रालयलले आन्तरिक व्यवस्थापन बाट समस्याको हल गर्ला जस्तो कुनै बजेटका शिर्षकबाट व्यवस्थापन गर्न सकिन्छ वा त्यो बाहेक पनि अर्थमन्त्रालयले अन्य वैकल्पिक उपाय सोचेको छ कि। यसबारे अर्थमन्त्रीसंग समन्वय गर्दा कसो होला । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न योग्य भइसकेको तर भुक्तानी गर्न नसकेको मध्येबाट भुक्तानी गरेको दिएको हो ।

अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भुक्तानीको लागि रकम निकासा माग गरिए पनि विनियोजन विधेयकले गर्दा पहिलो तीन महिना भुक्तानी गर्न नसकिएको मन्त्रालयले जनाएको छ । । मन्त्रालयले कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले चाँडै बाँकी भुक्तानी हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij