२०८३ साउन १० आइतबार

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने

ई आर्थिक    बुधबार, कार्तिक २१ २०८१
4.5K
Shares
ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने

ई-आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव सहित सभा बोलाएको हो ।

बैंकले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे १८ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ५।५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कार्यसूची रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर ९ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij