ई-आर्थिक, काठमाडौं । तिहार सकिएसंगै नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा २८ सय रुपैयाँले सुनको मूल्य घटेको छ ।
तिहार अघिको अन्तिम दिन (कात्तिक १५ गते) प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, आज १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो।
आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार यस दिन चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। कात्तिक १५ गते चाँदीको मूल्य २ हजार ९० रुपैयाँ थियो।