ई–आर्थिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैंजुको निधन भएको छ ।
८३ वर्षीय सैंजु लामो समयदेखि पार्किन्सन रोगसम्बन्धी समस्या झेल्दै आएका सैंजुको सानेपास्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोग सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गरेका थिए ।
सुप्रबल गोरखा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रबल त्रिशक्तिपट्टबाट उनी सम्मानित थिए ।