२०८३ साउन ९ शनिबार

सानिमा बैंकले डाक्यो साधारणसभा, ५.२६ प्रतिशतले नगद लाभांश प्रस्ताव

ई आर्थिक    आइतबार, कार्तिक ११ २०८१
4.5K
Shares
सानिमा बैंकले डाक्यो साधारणसभा, ५.२६ प्रतिशतले नगद लाभांश प्रस्ताव

ई-आर्थिक, काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे २० औँ वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक २५ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार कात्तिक २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij