खाल्टाखुल्टी बाटो र कच्चि सडकमा लामो यात्रा गर्नुपरेपछि मोटरसाइकलको क्लज, सक जस्ता पार्टस्ले काम नगर्दा मोटरसाइकल चालक पीडित छन् । मर्मत गर्ने उचित ठाउँ र सामानको अभावले सयौं मोटरसाइकल धनी साधन कुरेर बाटैमा बस्न बाध्य छन् ।
लक्ष्मण फुयाल, काठमाडौं । काठमाडौंबाट छोटो दूरीमा पूर्वी तराईका जिल्ला जाने सडकमार्ग बिपी राजमार्ग हो । बिपी राजमार्ग गत असोज १० र ११ गते तीन दिनसम्म परेको अविरल बर्षाले क्षतिग्रस्त भएको थियो । अविरल वर्षा हुदा बिपी राजमार्गमा सवारीसाधन पूर्णरुपमा चल्न बन्द भएको थियो । हरेक दिन सवारीसाधनको चाप रहने यस राजमार्गमा वर्षाले पूर्ण अवरुद्द हुँदा यातायात ठप्प भयो ।
वर्षाले विशेषरुपमा नेपालथोक–भकुण्डेबेसी खण्डको सडक बाढीले भत्काएसँगै दुई सातासम्म बिपी राजमार्गमा सञ्चालन भएको थिएन् । भत्काएको ठाउँमा ट्रयाक सडक बनाएसँगै असोज असोज २७ गते दसैँ टीकाको भोलिपल्टदेखि यातायातको चहलपहल बढ्दै गएको थियो । अबिरल वर्षासँगै रोशी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेसी खण्डमा ट्रयाक सडक निर्माणसँगै यातायातको चाप बढेको स्थानीयले बताएका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको बेलामामात्रै नभइ उसैबेला पनि प्रायजसो बिपी राजमार्गमा यातायात चाप हुने गर्दथ्यो । सडक बनेसँगै विजया दशमीको भोलिपल्टदेखि असोज २७ बाट एकतर्फी सञ्चालित भएको थियो ।
दशैंको टिकाको भोलिबाट राजमार्गमा गाडीको चहलपहल बढ्न सुरु भएको हो । बिपी राजमार्गमा यातायातको चाप असोज २७ गते भएको छ । असोज २७ गते ९७ वटा, २८ गते ८६ वटा र २९ गते १५० भन्दा बढी यात्रुवाहक सवारी साधन बिपी राजमार्ग हुँदै बाहिरिएका प्रहरी नायब उपरीक्षक अनिल खड्काले बताए । बिपी राजमार्गमा यातायात सञ्चालनका लागि यसअघि अनुमति प्राप्त सवारीसाधन बढ्दै गएको उनी बताउछन् ।
धुलिखेलदेखी बर्दिबास सम्म कुल १६० किलोमिटर लामो बिपी राजमार्गको सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबसी खण्डमा असोज महिनाको १०, ११ र १२ गतेको अविरल वर्षापछिको रोशी खोलामा आएको बढीले १० किलो मिटरभन्दा बढी सडक भत्काएको थियो । भत्काएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुनेगरी अस्थायी ट्रयाक सडक निर्माण गरिएको सञ्चालनमा आएको थियो
बिपी राजमार्ग सञ्चालनमा आएसँगै राजधानी जाने र राजधानीबाट फर्किने यात्रुको लर्को लागेको छ । बिपी राजमार्ग सञ्चालनमा आएसंगै दिनहुँ सवारीसाधनहरु ओहोरदोहोर गर्दा ज्यादै कष्टकर यात्रा गर्नुपरेको सवारीचालक तथा यात्रीहरु बताउछन् । बिपी राजर्मागमा सञ्चालन हुँदैगर्दा असुरक्षित बाटो, एकतर्फी तथा खोलातर्नुपर्ने, ढुङ्गै ढुङ्गाहुदाकारण यात्रागर्दा सवारीसाधनमा समस्या आउने गरेको छ । सवारीसाधनको ट्राफिकजामले यात्रा गर्दा धेरै समय लाग्ने तथा सडकको अवस्था देख्दा ज्यानै जोखिमा राखेर हिड्नुपर्ने बाध्यता रहको सवारीचालक तथा सर्वसाधारण बताउछन् ।
उकालोबाटोमा सवारीसाधनहरु चड्न नसक्नु, खाल्डाखुल्डी बाटोमा सवारीसाधनहरु बिग्रनु, ब्रेक नलाग्नु सँयौको संख्यामा मोटरसाइकलहरुको क्लज प्लेट तथा सकको समस्या कारण बाटोमा थन्किएको कल्पन राउतले ई-आर्थिकलाई जानकारी दिए । राउत भन्छन्, “बिपी राजमार्गको यात्रा कष्टकर छ । सवारीसाधनको जाम त्यतिकै छ । असुरक्षित बाटोहुदा सर्वसाधारणहरुले अफ्ठायारो अवस्था भोग्न बाध्य छौ” । बाटोमा सवारीसाधन बिग्रदा मर्मत गराउने अवस्था छैन् । बाटोमा मेकानिक्स पाउन गर्यो छ । पाइहाले पनि उनीहरुले महंगो चार्ज लागाउने गरेका छन् । सामान्य समयमा बाइकको क्लज प्लेट बजार मूल्य २७ सय रुपैया पर्ने गर्छ । तर यहाँ ४ हजार सम्म लिएको छ । मर्मत खर्च ज्यादै महंगो लिने रहेछन् राउत बताउछन् ।
विशेष रुपमा बिपी राजमार्गको भकुन्डेबेशी देखि मुलकोट सम्मको बाटो बाढीले क्षति पुर्याएको छ । बिपी राजमार्ग सञ्चालनमा आएसंगै बाटोमा सवासारीसाधनहरुमा विशेषरुपमा मोटरसाइकलहरुमा समस्या आउदा बिग्रीएर लामबद्द रुपमा बसेका छन् । हरेक दिन सवारी साधनहरुका क्लज प्लेट, सक लगायत विभिन्न पार्टहरु खराव भएको कारण बाटोमा थन्किएका छन् । बिपीराजमार्गको बाटोको कारण ८० प्रतिसत मोटरबाइकहरुको क्लज प्लेटमा समस्या देखिएको छ ।
बाटो धेरै अफ्ठ्यारो छ । खोला तर्नुपर्छ । ढुङ्गै, ढुङ्गाको गेग्रिनबाट तथा उकालोओरालो हुदाँ बाटो बिग्रिएको हुदा यात्रा सहज नभएको सवारीचालहरुले गुनासो गरेका छन् । यता मुलकोटबाट भुकुन्डेतर्फ आउँदा बाटो उकालो पर्ने हुदा गाडीहरुका उकालो चढ्ननसक्दा सवारीसाधनमा पिकअप नपुग्नु गाडीको चक्का घुम्नु र सवारीसाधनकामा क्लज प्लेट लगायत अन्य सामानहरुमा समस्या आएको चालकहरु बताउछन् बिपी राजमार्गमा घन्टौसम्मको लाइन तथा बाटोको कारणले गर्दा आउने समस्याले यात्रुहरुलाई यात्रा निकै अफ्ठायारो परेको छ । बिपी राजमार्गमा यातायातको चाप बढ्दैजादा यात्रामा पर्ने जोखिमलाई ध्यानराखेर सबारीसाधनहरु चालन सरोकारबालाहरुले अनुरोध गरेका छन् । बिपीराजर्मागमा सुख्खा पहिरो तथा बाटोको अवस्था ध्यान राखी सवारीसाधनचलाउन आवश्यक रहेको सरोकारवालाको भनाई छ ।
बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको बिपी राजमार्गमा यातायात सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर नै छ । सडक डाइभर्सन गरेर यातायात सञ्चालन गरिए पनि भ्याकुरे खोला र माम्ती खोलामा माथिबाट ढुङ्गा माटो आउने सम्भावना छ । सडकको सतह नमिल्दा साना सवारी ठोक्किने तथा खाली सवारीसाधन बिचमै रोकिएर ठेल्नुपर्ने पर्ने अवस्था छ रहेको सवारीचालकहरुको भनाई छ । बाढीपहिरो तथा वर्षाका कारण कमजोर भएको जमिन भएकाले सवारीसाधन चल्दा जमिन थर्किएर सुक्खा पहिरो गई थप क्षति हुने हो कि भन्ने डर कायमै रहेको छ । । बिपी राजमार्गमा सवारीसाधन सञ्चालन भएतापनि यात्रा भने जोखिमपूर्ण र कष्टकरनै छ ।