२०८३ साउन ९ शनिबार

प्राइम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गर्ने

ई आर्थिक    शनिबार, असोज १९ २०८१
7.9K
Shares
प्राइम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गर्ने

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

२०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिबार देशभर भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो ।

साथै बैंकले अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij