२०८३ साउन ९ शनिबार

दशैंमा होम अप्लायन्सेस खरिद गर्दै हुनुहुन्छ ? यी कम्पनीले ल्याएका छन छुटैछुटका अफरहरु

ई आर्थिक    मंगलबार, असोज १५ २०८१
9.8K
Shares
दशैंमा होम अप्लायन्सेस खरिद गर्दै हुनुहुन्छ ? यी कम्पनीले ल्याएका छन छुटैछुटका अफरहरु

लक्ष्मण फुयाल, काठमाडौं । दशैंलाई वर्षकै सबैभन्दा ठूलो शपिङ सिजनको रुपमा लिने गरिन्छ । दशैं नजिएसंँगै बजारमा आम उपभोक्ताहरु आफूलाइ आवश्यक पर्ने लत्ताकपडा, खाद्यान्न, घरायसी सरसमानहरुको किनमेलमा व्यस्त रहेका छन् । दशैंमा आममानिहरुले घरमा भएका पुराना सामानलाई हटाएर नयाँ समान थप्ने रुपमा चाहाना हुन्छ । दशैं सुरु हुन अब केही दिन मात्रै बाँकी रहँदा शहरबजारमा किराना पसलदेखि थोकविक्रेता पसल, मल, सपिङ कम्प्लेक्सलगायत विभिन्न डिपार्टमेन्ट स्टोरहरुमा मानिहरुको भिड बाक्लो देख्न सकिन्छ । दशैंको मौकामा घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज–सज्जाको बनाउन पनि नयाँ सामग्रीहरु थप्न चाहन्छौ ।

दशैंको समयमा विशेष रुपमा मान्छेको रोजाइमा लत्ताकपडा, खाद्यान्न र घरायसी सामाग्रीहरुको खरिद गर्ने हुन्छ । दशैंको बेलामा हामीले विशेषरुपमा टिभी, फ्रिज, माइक्रो ओभन देखि वासिङ् मेसीन लगायत विभिन्न घरायसी सामाग्रीहरुको विशेष खपत हुने बताउनुहुन्छ गोदरेजका सेल्स डेपुटी जनरल म्यानेजर (उपमहाप्रबन्धक) विष्णुप्रसाद ज्ञवाली ।

बजारमा अहिले विभिन्न कम्पनीका राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डका घरायसी सामाग्रीहरु होम एप्लायन्सेस सस्तो तथा गुणस्तरीय समानहरु पाउन सकिन्छ । हाल नेपालमा सीजी, बाल्ट्रा, एलजी, एलजीका, स्काईवर्थ, यासुडा, टीसीएल, ब्ल्याक डेकर, माइडिया, सामसुङलगायतका अप्लायन्सहरु चलेका ब्राण्डमा पर्छन् ।

होम अप्लायन्सेस विशेष रुपमा घरमा प्रयोग गर्ने वस्तुहरुमा भान्सा कोठामा प्रयोग हुने सरसमानहरु डिस वासर, वासिङ मेसीन, भ्याकुम क्लिनर, एयरकन्डिशन, फ्रिजलगायतका सामानहरु पर्दछन । बजारमा होम अप्लाइन्यसेसहरु सस्तो तथा गुणस्तरीय रुपमा पाउन सक्छौं । चाँडपर्वहरु नजिकिएसंगै विभिन्न कम्पनीहरु आम उपभोक्ता आफ्नो सामान विक्रीबितरण गर्ने भारी छुटका स्किमहरु ल्याएका छन् । बजारमा भएका विभिन ब्रान्डहरुले सामान खरिद गर्दा हातखाली नजाने उपहार, गिफ्ट ह्यामपर, क्यास व्याक देखि विद्युतीय कार समेतका छुटहरु ल्याएका छन ।

कुन अप्लायन्सेसमा के कति छुट

नेपालीहरूका महान चाड दशैं, तिहार र छठ पर्वको अवसर पारेर विभिन्न ब्राण्ड बिक्री गर्दै आईरहेका कम्पनीहरुले चाडपर्व लक्षित विभिन्न अफरहरु घोषणा गरिरहेका छन् । विभिन्न ब्राण्डका नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीहरुले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न उपहारदेखि मूल्यमा भारी छुटसम्मका ‘स्किम’ सार्वजनिक गरेका छन् । हरेक बर्ष झैं कम्पनीहरुले यसबर्ष पनि चाडपर्व लक्षित योजनाहरु ल्याएका हुन् ।

सीजी ब्रान्ड

सीजी ग्रुपको ब्रान्ड हो, सीजी । सीजी ग्रुपले बजारमा विभिन्न ब्रान्डका सामानहरु बिक्रीविरणरण गर्दै आएको छ । सीजी ग्रुपले गोदरेज, एलिका, टिसीएललगायतका १ दर्जन ब्रान्डका सामानहरुको विक्रीविरण गर्दै आएको छ । सीजीको ब्रान्डले नेपाली जनतालाई सस्तो र सुपथ मूल्यमा सामानहरु विक्री गर्ने गर्दै कम्पनीले जनाएको छ । यस सीजी ब्रान्डबाट होम अप्लायन्सेसहरुमा डिस वासर, सोकेश चिलर, वासर ड्रायरहरु, वासीङ मेसिन, भ्याकुम क्लिनर, एसी, रेफ्रिजेरेटरलगायतका धेरै अप्लायन्सेस रहेको कम्पनीमका सेल्स हेड शैलेन्द्र झा बताउनुहुन्छ । ‘हामीले यो दशैंमा चाडपर्व लक्षित क्यास व्याक, ग्रिफ्टहरुको व्यवस्था रहेको छ साथै सीजीको सामनाहरु किन्दा ६० हजार ५०० सयमात्र क्यास व्याक रहेको छ ।  ’ सेल्स हेड झाले भन्नुभयो– ‘सीजीका होम अप्लायन्सेसहरु बजारमा सस्तो मूल्यमा रहेको छन् । बजारमा सीजीका सामानहरु ५३ सय देखि ३ लाख ९७ हजार माथि रहेका छन् ।’
झाका अनुसार सीजीको डिस वासर ५२ हजारबाट सुरु भएर १ लाख ५८ हजारसम्म पर्ने वासिङ मेसिन २५ हजारमाथि रहेको छन् ।

स्काईवर्थ

केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थ हो । स्काईवर्थले ‘सपना साकार, दशैं तिहार बहार बम्पर कार उपहार’ योजना ल्याएको छ ।
यो चार्डपर्वमा स्काइवर्थका ब्रान्डका सामान खरिद गर्दा फ्रि गिफ्ट ह्यापरको व्यवस्था रहेको कम्पनीले जनाएको छ । हरेक हप्ता लक्की ‘ड्र’मार्फत माइक्रो वेभ र बम्पर उपहारमा विद्यतीय गाडी रहेको कम्पनीले जनाएको छ। साथै चाडपर्व लक्षित राख्दै विभिन्न सामानहरुमा ४० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

एलजी

एलजी बान्ड ग्राहकले रुचाएको ब्रान्ड हो । दशैं लक्षित अफरको रुपमा एलजीले ‘एलजी खुसीको पल’ योजना ल्याएको छ । एलजी चाँडपर्व लक्षित रुपमा क्यास व्याक अफर जसमा ४० प्रतिशत सम्म विभिन्न हात खाली नहुने उपहारहरु रहने एलजीका सेल्स हेड पुरुषोत्तम भण्डारीले बताउनुभयो । यो अफरहरुको स्किम दशैं देखि छुटसम्म रहने भण्डारीले जानकारी दिनुभयो । एलजी ब्रान्ड ग्राहकले रुचाएको ब्रान्डहरु मध्येमा  पर्छ ।

ग्राहकको माग अनुसार एलजीको सामाग्रीहरु कोरियाबाट नेपालमा ल्याउने गरेका छौँ । हाम्रो मुख्य प्रोडक्ट भनेको वाशिङ मेसिन, रेफ्रिजेरेटर, एसी र टि.भी. हो । एलजीको सामाग्रीले ग्राहकको लाइफ स्टाइल कसरी बेटर गर्ने भन्ने हो । एलजीसँग खुसीको पल भन्ने कन्ज्युमर स्किम ल्याएका छौँ । दसैँ भनेको नै खुसी ल्याउने पर्व हो । त्यसैले खुसीको पल भन्ने स्किम ल्याएको हौं । बजारमा एलजीका प्रोडक्टहरुको मूल्य १० हजार दखि १ लाख ४० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

गोदरेज

चार्डपर्व लक्षित राखेर गोदरेजले होम अप्लाउन्सेसका सामानहरुमा भारी छुटको अफर ल्याएको छ । गोदरेजले रियल क्यास व्याक अनुसार गोदरेजका सामानहरुमा १ लाख ६३ हजार ५ सयसम्मको क्यास व्याकको छुटको योजना ल्याएको डेपुटी जनरल म्यानेजर विष्णु ज्ञवाली बताउनुहुन्छ । ‘हामीले दशैं लक्षित पर्बको अवसरमा हात खाली नहुने उपहारहरु, फोन तथा ‘मनैदखि वाउ’ योजना ल्याएका छौ ।’ उहाँले भन्नुभयो– ‘बजारमा गोदरेजको समानहरुको मूल्य १४ हजार देखि १ लाख ४९ हजार सम्म रहेका छन् ।’

टीसीएल

नेपाली बजारमा टिसीएलले विशेष रुपमा टेलिभिजनहरुको बिक्री गर्दै आएको छ । टीसीएलले दशैमा रियल क्यास व्याक योजना ल्याएको छ । क्यास व्याक योजनामा ३१ हजार ५ सम्म रकम क्यास व्याकको छुटको अवसर छ । विशेषगरी टेलिभिजनको खरिदमा १ वर्षको सेल्स सर्भिस छुटको व्यवस्था रहेको रहेको डेपुटी जनरल म्यानेजर ज्ञवाली बताउनुहुन्छ ।

समासुङ, यासुडा

नेपालमा चलेका सामसुङ तथा यासुडाहरुले पनि दशैं लक्षित होम अप्लायन्सेसमा विभिन्न छुटका अफरहरु ल्याएका छन् । होम अप्लायन्सको खरिदसंगै अर्को समानको उपहार तथा होम अप्लायन्सेसमा सामानहरुमा छुट तथा क्यास ब्याकका योजना रहेको कम्पनीले जनाएको छ ।

बाल्ट्रा

नेपालको लोकप्रिय बान्ड बाल्ट्राले पनि चार्डपर्व लक्षित योजनाहरु बनाउदै गरेको र विभिन्न समानहरु कम्प्लीमेन्ट्रीहरुको अफर रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij