यज्ञ कार्की, संखुवासभा । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले संखुवासभाको स्रोत र साधानले मुलुक समृद्ध हुने बताउनुभयो । नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्य समितिले खादबारीमा आयोजना गरेको १११औं बीपी जयन्ती तथा ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रीको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संखुवासभा भित्र रहेका स्रोत साधनको उच्चतम प्रयोग गर्ने हो भने मात्रै पनि सिङ्गो मुलुकलाई नै समृद्ध बनाउन सकिने बताउनुभएको हो ।
कार्यक्रममा उहाँले दुई ठूला दल मिलेर अगाडि बढ्ने हो भने जनताका हरेक समस्याको समाधान हुने र हरेक क्षेत्रमा काम गरेर मुलुकलाई आवश्यकता अनुसार संविधानलाई संशोधन गरी नागरिक मैत्री सेवा प्रवाह भ्रष्टाचारको अन्त्य सुशासन लगायत क्षेत्रमा काम गर्ने गर्ने गर्नलाई यो सरकार बनेको बताउनुभयो ।
नयाँ सरकार गठनपछि मुलुकको आर्थिक पर्यटकीय गतिविधिमा परिवर्तन आएको र प्राकृतिक स्रोत र साधनको प्रयोग गरी मुलुक चाँडै नै सम्पन्न हुने उल्लेख गर्नुभयो । मन्त्री खड्काले संखुवासभा पार्टीका जनप्रतिनिधिहरूलाई जनमैत्री सेवा प्रभावमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘जनताले हाम्रो कामको मूल्याङ्कन गरिरहनुभएको छ सहजता र सुविधाको लागि काम गर्नुहोस् ।’
आगामी १० वर्षभित्र २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको लक्ष्य पूरा गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

संखुवासभा जिल्लामा मात्र ५००० मेगावाट विद्युत उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्ने पनि जोड दिनुभयो । मन्त्री खड्काले आगामी दुई वर्षभित्र विद्युतीकरण गरिसक्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौली पूर्व सभापति दिपनकुमार श्रेष्ठ कांग्रेस पूर्व सभापति जनक थापा उपसभापति रामकुमार जिमी सचिव टकमानको घले पूर्व सचिव डम्बरबहादुर बस्नेत लगायतका नेताहरूले मन्त्री समक्ष जिल्लाका हरेक समस्याहरूको समाधान गर्नका निमित्त ज्ञापनपत्र बुझाएका थिए भने मन्त्री खड्कालाई जिल्लास्तरीय भातृत्व तथा सुभेक्षक संस्थाका प्रतिनिधिहरूले सम्मान गर्नुभएको थियो ।