२०८३ साउन ९ शनिबार

‘नाडा अटो सो-२०२४’ आजदेखि, गाडी मोटरसाइकलदेखि बैंकसम्म एकै ठाँउमा

ई आर्थिक    मंगलबार, भाद्र ११ २०८१
6.5K
Shares
‘नाडा अटो सो-२०२४’ आजदेखि, गाडी मोटरसाइकलदेखि बैंकसम्म एकै ठाँउमा

ई–आर्थिक, काठमाडौं । सवारी साधनका प्रयोगकर्तालाई एउटै छानामुनी सवारी छनोट गर्ने अवसर दिन नाडा अटो सो–२०२४ आयोजना भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल मंलबारदेखि सुरु भएर १६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो सोमा विभिन्न ब्रान्डका सवारी साधन प्रर्दशनीमा राखिने भएको छ।

चारपांग्रे नौ नयाँ ब्रान्ड र अन्य पुरानै ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखिने भएको छ। सोमा एक सय ३० स्टलमा सवारी साधन तथा अटो मोबाइल्स इन्डस्ट्रिजका उत्पादन रहनेछन्। बैंक तथा वित्तीय संस्थाका स्टल पनि रहेका छन्। १९ वटा दुई पांग्रे सवारी ब्रान्ड र १२ वटा व्यावसायिक सवारी साधनका ब्रान्ड प्रदर्शनीमा राख्ने आयोजकले जानकारी दिएका छन्।

अटो सोमा विभिन्न मोडेलका गाडी, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट पनि मेलामा राखिनेछ। पछिल्लो समय प्रयोगकर्ताबीच इभीमा आकर्षण देखिएकाले नाडा अटो सोमा पनि करिब दुई दर्जन बढी ब्रान्डका इभी गाडीहरू राखिएको छ।

उपभोक्ताको क्षमता अनुसार न्यून मूल्यदेखि उच्च मूल्यका लक्जरियस सवारी साधनसम्म रहेका छन् । विभिन्न कम्पनीले नाडा अटो सोको अवसर पारेर गाडीहरू लञ्च गरेका छन्। विभिन्न फिचरका सवारी साधनलाई प्रयोगकर्ताले छनोट गर्न सक्छन्। अटो सोमा नयाँ आकार, कलर, डिजाइन, लुक्स र इन्टेरियरले सजिएका नयाँ सवारी साधन राखिएका छन्।

नेपालमा विद्युत् उत्पादन वृद्धि हुँदै जाँदा वातावरण मैत्री हुने र स्वदेशको बिजुली उपभोग हुने भएकाले सरकारले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गरेर कर छुट दिएको छ। करिब डेढ दर्जन इभीका नयाँ ब्रान्डहरू बजारमा भित्रिएका छन्।

नाडामा टाटा, बिवाइडी, हुन्डाई, सुजुकी, महिन्द्रा, किया, अवतार–११, जेक्को जे सिक्स , राडार आरडी सिक्स, बीएडब्लू , एक्सपेङ, जिकर एक्स, डोङफेङ नामी–०१, लिपमोटर, जिएसी आयोन, अमोडा, काई, डिपल, सेरेस, एमजी, स्काइवेल, सिट्रोन ,होजोन नेटाका ब्रान्डका गाडी प्रर्दशनीमा राखिने भएको छ।

नाडा अटो सोमा लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सहभागिता जनाउने भएका छन्। बैंकले सवारी खरिद गर्ने ग्राहकलाई लगानी गर्ने भएकाले कर्जाको बारेमा जानकारी दिनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij