२०८३ साउन ९ शनिबार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने चिनियाँ नागरिकको पहिचान खुल्यो

ई आर्थिक    मंगलबार, साउन २९ २०८१
3.4K
Shares
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने चिनियाँ नागरिकको पहिचान खुल्यो

ई–आर्थिक, काठमाडौं । नुवाकोटको शिवपुरीमा एक साताअघि दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार सबै चिनियाँ नागरिकको पहिचान खुलेको छ।

दुर्घटनामा मृत्यु भएका चार जना चिनियाँ नागरिकको उनीहरूको आफन्तको डिएनएका आधारमा पहिचान खुलेको हो ।आफन्तले पठाएको पहिचानको आधार र दुर्घटनामा मृत्यु भएकाहरूको दाँतबाट डिएनए परीक्षण गरिएको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा।गोपालप्रसाद चौधरीले जानकारी दिए ।

मृतकको पहिचान शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली पोस्टमार्टमबाट पहिचान गरिन्छ ।

दुर्घटनामा चिनियाँ पर्यटकहरू जुदाड टाङ, जी ली, जेमिङ सी र एक महिला यियाद वुको शव पहिचान खुलेको हो । दुर्घटनामा मृत्यु हुने सबैको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमा मै रहेको र नेपालमै अन्त्यष्टि गर्ने वा चीन लैजाने भन्नेबारे छलफल जारी छ।

साउन गत २३ गते बुधवार दिउँसो त्रिभुवन विमानस्थलबाट स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन अरुण मल्ल र चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij