२०८३ साउन ९ शनिबार

काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेको खेतमा आकस्मिक अवतरण

ई आर्थिक    बिहिबार, साउन २४ २०८१
4.9K
Shares
काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकप्टर बाँकेको खेतमा आकस्मिक अवतरण

ई–आर्थिक, नेपालगञ्ज । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन–एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका १ भम्कामा आकस्मिक अवतरण गरिएको छ ।

नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको सो हेलिकोप्टर नेपालगन्ज नपुग्दै मौसम खराब भएको कारण अपराह्न ४ बजेर ४० मिनेटमा राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका एसपी विमल डाँगीले जानकारी दिनुभयो ।

उहाँले हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको जनाउँदै त्यहाँबाट हेलिकप्टरलाई राप्तीसोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको बताउनुभयो ।

मौसम सफा भएपछि हेलिकप्टरलाई गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij