२०८३ साउन १० आइतबार

हिमाल पग्लिएर नदीमा पानीको बहाब बढेसँगै मर्स्याङ्दी जलविद्युत् पूर्ण क्षमतामा सञ्चालन, ६९ मेगावाट विद्युत उत्पादन

ई आर्थिक    आइतबार, असार ९ २०८१
8.6K
Shares
हिमाल पग्लिएर नदीमा पानीको बहाब बढेसँगै मर्स्याङ्दी जलविद्युत् पूर्ण क्षमतामा सञ्चालन, ६९ मेगावाट विद्युत उत्पादन

ई–आर्थिक, तनहुँ, । हिमाल धेरै पग्लिएर नदीमा पानीको बहाव बढेपछि मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । दैनिक रूपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेसँगै यो केन्द्रले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन गर्न थालेको हो ।

सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । गौतमका अुनसार तीन वटा युनिटबाट २३र२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ ।

केन्द्रका अनुसार धेरै बाढी आएका बेला गेग्राङहरू थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकाले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकाले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij