२०८३ साउन ९ शनिबार

‘आईएमई पे’ बाट रेमिट्यान्स पठाउँदा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने

ई आर्थिक    बुधबार, चैत्र १४ २०८०
6.5K
Shares
‘आईएमई पे’ बाट रेमिट्यान्स पठाउँदा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने

ई–आर्थिक, काठमाडौं । ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राम मार्फत पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

मनिग्राम बाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम ‘आइएमई पे’ बाट प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

१० फागुनदेखि सुरु भएको यो अफर २ महिनासम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij