२०८३ साउन १२ मंगलबार

गरिमा क्यापिटल ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा योजना

ई आर्थिक    मंगलबार, माघ २ २०८०
5K
Shares
गरिमा क्यापिटल ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा योजना

ई–आर्थिक, काठमाडौं ।  गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ।

उक्त योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिंदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ।

कम्पनीले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिने बताएको छ ।

कम्पनीले यो सेवा माघ १ गतेदेखि माघ मसान्तसम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको बताएको छ।

साथै,यो योजना उपभोग गर्न न्यूनतम लगानी रकम वा सेयर १० लाखको हुनुपर्ने छ।

यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्फत् वा सामाजिक सञ्जालबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

उक्त कम्पनी नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij