अस्पताल भरिभराउ, सुख्खा पहिलोले अबरुद्ध बाटोका कारण उद्दारमा कठिनाई
ई–आर्थिक, सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी सयौंको संख्यामा मृत्यु भएको आशंका गरिएको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली उक्त भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।
भुकम्प जमिनबाट १० किलोमिटर तल रहेको बुझिएको छ ।

भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र पश्चिम रुकुम बढी प्रभावित भएका छन् । दुई जिल्लामा मात्रै संयौंको संख्यामा मृत्यु भएको प्रारम्भीक अनुमान छ । १२८ भन्दा बढीको हाराहारीमा त मृत्युको पुष्टि नै भइसकेको छ ।
भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहलगायत १२८ बढीको मृत्यु भएको पुष्टि भइसकेको छ । सुक्खा पहिरो जाँदा ठाउँ–ठाउँमा सडकहरु अवरुद्ध भएका छन् । जसले गर्दा उद्दारमा समेत कठिनाई भइरहेको छ ।
स्थानीय निकायका अगुवाहरुका अनुसार भुकम्प प्रभावित क्षेत्रमा कुनै पनि घरहरु सग्ला छैनन् । स्थानीय अस्पतालहरु भरिभराउ छन् । स्थानीय नियकाहरुले उद्दार र विपद्मा सहयोग गर्न केन्द्र सरकारसँग अपिल गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू स्थलगत अवलोकनका साथै घाइतेको हवाई उद्दारको लागि सक्रियता देखाइसकेका छन् ।
