भक्तपुरको ताथली नालाछापमा भोलीदेखि ऐतिहासिक महायज्ञ सुुरू
ई–आर्थिक, भक्तपुर । ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ परिसरमा भक्तपुरमै पहिलोपटक हुन लागेको ‘भक्तपुर चाँगुुनारायण धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवम् ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ती ज्ञान महायज्ञ–२०८०’ भोलीदेखि सुरु हुने भएको छ ।
महायज्ञ उदु्घाटनको दिन भोली विहान चाँगुनारायणबाट हजारौं मातृशक्तिले कलश यात्रा सहित नगर परिक्रमा गर्ने भएका छन् । कलश यात्रामा विभिन्न बाजागाजाका साथ सांस्कृतिक झाँकीहरु पनि रहने आयोजक संस्थाले जानकारी दिएको छ ।
महायज्ञ सुुरु हुुने अघिल्लो साँझ महायज्ञस्थल र आसपासमा दीप प्रज्वलन गरिएको थियो भने गएको असोज ६ गते विशाल मोटरसाइकल ¥याली सम्पन्न गरिएको थियो ।

‘बेहुुली’झै चिटिक्क सिगारिएको महायज्ञस्थललाई आकर्षक र मनोमोहक सजावटले देख्ने जो कोहीको पनि मन जित्न सफल हुने विश्वास गर्न सकिन्छ । साथै उक्त विशाल र ऐतिहासिक महायज्ञको सम्पूर्ण तयारी पुरा भएको महायज्ञ आयोजक तथा छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराजश्रीले जानकारी दिएका छन् । कार्यक्रमलाई सभ्य र भब्य बनाउन व्यवस्थापन पक्षले कुनै कसर बाँकी नराखेको उनले बताए ।
महायज्ञको आक्रमक प्रचार शैली र चुस्त दुरुस्त व्यवस्थापनले भीभीआईपीदेखि सर्वसाधारण गरी लाखौं भक्तजन आउने निश्चित जस्तै देखिन्छ ।
देशैभरबाट बस रिजर्भ गरेर भक्तजन आउने संभावनालाई मध्यनजर गरी ठूलो क्षेत्रफलमा पाकिङ्गस्थल व्यवस्था गरिएको छ ।

भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका वडा नं. ९ को ताथली नालाछापमा सञ्चालन गर्न लागिएको उक्त विशाल महायज्ञले यो ठाउँलाई समेत देशैभर चिनाउने देखिन्छ । त्यसैले पनि यो ठाउँ चिनाउन स्थानीयको लागि अहोभाग्य र अवसर भएको स्थानीय बताउन थालेका छन् । यो विशाल कार्यक्रमले यो क्षेत्रकै विकास र पहिचानमा मद्दत पुग्ने एमालेका स्थानीय नेता श्रीकण्ठ खड्का बताउँछन् ।
देशभर रहेका बेसाहारा, पिडित, दुःखि, अपहेलित, गरीब, निमुखा तथा आधारभुत आबश्यकताबाट बञ्चित जेष्ठ नागरिकका लागी विशाल आश्रम निर्माणमा सहयोग पु¥याउने हेतुले यो ज्ञान महायज्ञ सञ्चालन हुदैछ ।
जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको लागि जमिन खरिद संगै वृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला संत्संग भवन, पुस्तकालय, संन्त निवास, जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको प्रमुख बालयोगेश्वर विजयमुर्ति महाराजश्रीले जानकारी दिए ।
महायज्ञको मूख्य आकर्षण राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका ख्याती प्राप्त सन्त माहात्मा, विद्धान विदुषि प्रसिद्ध कथाबाचिकाहरू रहेका छन् । सो ज्ञान महायज्ञमा गरिमा उपाध्याय र उमामहेश्वरीको मुखारबिन्दुबाट कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

‘यस्ता महोत्सवले सुख शान्ति, भक्ति र मनोरञ्जन एकैसाथ दिन्छ नै, तर हाम्रो उद्देश्य वेसहारा जेष्ठ नागरिकको संरक्षक बन्ने मात्र नभई देशैभर त्यस प्रकारका जेष्ठ नागरिक कोहि पनि नरहुन र कोहि भएमा आपूmहरु संरक्षक बन्न सकौं भन्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको यो महान अभियान भएको छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराजश्रीले बताए ।
उनले यस्तो पवित्र धार्मिक तथा सामाजिक कार्यका लागि सबैबाट साथ सहयोगको अपेक्षा गरे साथै कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्थानीयलगायत सरोकारवाल सबैको ठूूलो सहयोग रहेको पनि उनले बताए ।
गएको असार १८ गते उदघाटन गरिएको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’मा हाल देशका विभिन्न स्थानका जेष्ठ नागरिकहरुले आश्रय लिइरहेका छन । यसको क्षमता बृद्धि गरी धेरै भन्दा धेरै जेष्ठ नागरिकलाई आश्रय दिइने लक्ष्य राखिएको पनि आश्रमका प्रमुख ज्ञमहाराजश्रीको भनाई छ ।
