२०८३ साउन २० बुधबार

नदी जोगाउन नरिवल खेती सुरु

ई आर्थिक    मंगलबार, असार २६ २०८०
7.4K
Shares
नदी जोगाउन नरिवल खेती सुरु

ई–आर्थिक, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ । पालिकाको वडा नं. ४ को कार्यालयको अगुवाइमा करिब चार बिघा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो ।

वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापाले तटबन्धपछि खेर गइरहेको नदी उकास जग्गामा वडा कार्यालयको अगुवाइमा १२ सय नरिवलका बिरुवा रौतहटबाट ल्याएर लगाइएको जानकारी दिनुभयो ।

वडाध्यक्ष थापाले भन्नुभयो, नदी उकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षण पनि हुने वडा र पालिकाको आयआर्जनको श्रोत पनि लक्ष्यसहित नरिवल खेती सुरु गरिएको हो ।

पालिकाले नरिवल बिरुवा खरिद गर्न पाँच लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको छ लाख रुपियाँको लागतमा नरिवल बिरुवा रोपिएको बताउँदै उहाँले वडाका केही स्थानमा नरिवल फलेको भेटिएपछि परीक्षणको रूपमा लगाइएको बताउनुभयो । नरिवल खेतीको गोडमेल, संरक्षणलगायतको व्यवस्था वडा कार्यालयले नै गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij