२०८३ साउन २० बुधबार

मल अभावको बहानाबाजी चल्दैन्, वितरणमा बद्‌मासी भए कारबाही गर्ने मन्त्री भुसालको चेतावनी

ई आर्थिक    शनिबार, असार १६ २०८०
4.2K
Shares
मल अभावको बहानाबाजी चल्दैन्, वितरणमा बद्‌मासी भए कारबाही गर्ने मन्त्री भुसालको चेतावनी

ई–आर्थिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललले यस पटक पर्याप्त मल रहेको बताएका छन् । वितरण प्रक्रियामा बद्‌मासी भए कारबाही गर्ने मन्त्री भुसालले चेतावनी दिएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका मन्त्री भुसालले मलको अभाव नरहेको दाबी गरे ।

‘राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो’ उनले भने ‘अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बद्‌मासी भएको ठाउँमा कारबाही गर्छु ।’

भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए । जमिन बाँझो हुनुमा मानिसको जीवनशैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृत्तिको विकास, युवाहरु विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पुर्‍याउन नसक्नु प्रमुख कारण रहेको उनको भनाइ छ ।

बाँझो जमिन मन्त्रालयले उपयोग गर्न खोजे पनि बजेट अभावका कारण हुन नसकेको उनले गुनासो गरे । ‘यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति काम गरौं भनेको थोरै बजेट विनियोजन गरेको छ । बजेट अपुग छ’ उनले भने ‘बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयलाई बजेट नगन्य हुनुको प्रमुख बाधक योजना आयोग हो ।’

योजना आयोगले कृषि क्षेत्रको कार्यत्रममा काम गर्न बाधा गर्न खोजेको उनको आरोप छ । ‘योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ रु’ उनले भने ‘प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्थामा पुगियो ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij