२०८३ साउन २२ शुक्रबार

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान पक्का

ई आर्थिक    शुक्रबार, असार १ २०८०
3.4K
Shares
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान पक्का

काठमाडौँ । अन्ततः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार) का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरू बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij