२०८३ साउन १२ मंगलबार

उदयपुर सिमेन्ट उद्योगमा न्यौपाने महाप्रबन्धक बनेपछि उद्योगको साधारणसभा नियमित हुन थाल्यो, ३५औं साधारणसभा बैशाख २९ मा

ई आर्थिक    सोमबार, बैशाख ११ २०८०
10.6K
Shares
उदयपुर सिमेन्ट उद्योगमा न्यौपाने महाप्रबन्धक बनेपछि उद्योगको साधारणसभा नियमित हुन थाल्यो, ३५औं साधारणसभा बैशाख २९ मा

ई–आर्थिक, काठमाडौं । कुनै पनि संस्थामा एउटा व्यक्तिले सक्षम नेतृत्वले कति फरक पार्दो रहेछ भन्ने उदाहरण हेर्न उदयपुर सिमेन्ट उद्योग गए पुग्छ । अस्तव्यस्त रहेको उद्योगको समग्र अवस्था सुधारसँगै उद्योगले अहिले साधारणसभा समेत नियमित गर्न थालेको छ ।

उद्योगले यसअघि लामो समयदेखि रोकिएको १३ बर्षको साधारणसभा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको अथक प्रयासबाट एकैसाथ गर्न सफल भएको थियो । उद्योगले सो साधारणसभा २०७८ सालको जेष्ठ ३० गते गरेको थियो । उक्त साधारणसभा २० देखि ३३ औं साधारणसभा थियो । व्यवस्थापकीय असक्षमताका कारण उद्योगको १३ बर्षदेखिको साधारणसभा हुन सकेको थिएन् ।

त्यसपछि ३४औं साधारणसभा हुँदै यही बैशाख २९ गते ३५औं साधारणसभा गर्ने तयारी भइरहेको उद्योगले जनाएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुन लागेको ३५औं बार्षिक साधारणसभा निर्धारित समयमै गर्ने तयारी भइरहेको उद्योगका महाप्रबन्धक न्यौपानेले जानकारी दिए ।

साधारणसभामा आ.ब. २०७९/८० को सञ्चालक समितिको प्रतिबेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक बर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने जस्ता एजेण्डाहरु रहेका छन् ।

कुनै पनि उद्योग या संस्थाको साधारणसभालाई आर्थिक अनुशासन र संस्थागत सुशासनको महत्वपूर्ण पाटोको रुपमा लिने गरिन्छ । तर, उद्योगको विगतमा धेरै बर्षदेखि रोकिएको त्यही साधारणसभा महाप्रबन्धक न्यौपानेको कार्यकालमा नियमित हुन थालेको छ । यसले उद्योग सुधार र सुशासनको पक्षमा अगाडि बढिरहेको पुष्टि गर्दछ ।

उक्त उद्योगमा महाप्रबन्धक न्यौपाने आएपछि सुधारका धेरै प्रयासहरू भएका छन् । विशेषगरी उत्पादनको गुणस्तर, विक्री वितरणको सही व्यवस्थापन, कर्मचारीको हितमा उचित सम्बोधन तथा व्यवस्थापन, उद्योगको दायित्व घटाउने, संस्थागत सुशासन तथा आर्थिक अनुसाशन कायम गर्ने जस्ता विषयहरूमा महाप्रबन्धक न्यौपानेले योजनाबद्ध ढंगले लागि परेको जनाएका छन् । उद्योगको समग्र अवस्थालाई गति दिने गरी उनले सुरू गरेको धेरै प्रयासले परिणाम समेत दिन थालिसकेका छन् । फलस्वरुप उद्योगले सिमेन्ट उत्पादन र विक्रीमा समेत नयाँ–नयाँ रेकर्ड राख्न सफल भइसकेको छ ।

व्यवस्थापकीय नेतृत्वले चुस्त, दुरुस्तका साथै योजना र रणनीतिक ढंगबाट उद्योग अगाडी बढाउने प्रयास गर्दा हरेक उपब्धिहरू हात पार्न सकिदो रहेछ भन्ने न्यौपाने यो उद्योगमा उदाहरण बनिरहेका छन् । उनको कार्यकालमा उद्योगमा एक पछि अर्को त्यस्ता धेरै उल्लेखनिय कार्य भइरहेको जानकारहरु बताउँछन् ।

उद्योग सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरू तथा सम्पूर्ण कामदार कर्मचारीहरुको सहयोगले नै आफ्नो योजना, रणनीति र प्रयासहरूले सफलता हात पारिरहेको महाप्रबन्धक न्यौपानेले बताए ।

उद्योगमा भएका यिनै सुधारात्मक कार्यले गर्दा उनको चौतर्फी प्रशंसाका साथै कार्यकाल समेत थपिएको छ । महाप्रबन्धक न्यौपानेको अहिले दोस्रो कार्यकाल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij